पाकिस्तानलाई ठूलाे झड्का: करोडौं डलरको लगानी, बालुवामा पानी

 जेठ ५, २०७६ आइतबार १९:४६:५७ | एजेन्सी
unn.prixa.net

पाकिस्तानले कराची नजिक तटीय इलाकामा तेल र ग्याँसको खोज सुरु गर्दैगर्दा ठूलो भण्डार भेटिने आशय व्यक्त गरेको थियो । 

तर शनिबार पाकिस्तानले आधिकारिक रुपमा यो क्षेत्रमा तेल र ग्याँसको खोजी कार्यलाई रोकेको छ । यसबाट आफ्नो इन्धनको आवश्यकता पूर्तिका लागि आयातमा निर्भर रहने पाकिस्तानलाई ठूलो झड्का पुगेको छ । 

शनिबार पाकिस्तानले आधिकारिक रुपमा केकरा–१ मा खोजीको कार्य बन्द गर्ने घोषणा गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था एपीपीका अनुसार, तेलको खानी खोजिरहेको टोलीले केही दिनमा नै त्यसमा पूर्णविराम लगाउनेछ । 

यो भन्दा अघि पाकिस्तानले यो क्षेत्रमा तेलको खोजको लागि १७ पटक गरेको प्रयास विफल भएको थियो । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले केकरा–१ मा तेल खोजीको परिणाम इच्छा अनुसार नभएको बताएका छन् । प्रधानमन्त्रीले गएको मार्च महिनामा अरब सागरमा तेलको ठूलो भण्डार भेटिन सक्ने बताएका थिए । 

‘पाकिस्तान तेल र ग्याँसको ठूलो खोजको नजिक पुगेको छ । यदि यो सफल भएमा देशबाट आर्थिक समस्या हटेर जान्छ,’ प्रधानमन्त्री खानले भनेका थिए । 
पाकिस्तानका पेट्रोलियम रिजर्भका एक वरिष्ठ अधिकारीले ५ हजार पाँच सय मिटरसम्म खन्दा पनि कुनै पनि तेलको भण्डार पत्ता नलागेको बताए । 

पाकिस्तानले अहिले ८५ प्रतिशतभन्दा धेरै इन्धन आयात गर्दै आइरहेको छ । यही कारणले गर्दा पाकिस्तानले आफ्नो विदेशी मुद्रा भण्डारको ठूलो हिस्सा इन्धन खरिदका लागि खर्च गर्दै आइरहेको छ । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया