ब्राजिलको एउटा बारमा बन्दुकधारी समूहले अन्धाधुन्ध गाेली हान्दा ११ जनाकाे मृत्यु

 जेठ ६, २०७६ सोमबार १२:२५:१२ | एजेन्सी
unn.prixa.net

ब्राजिलको उत्तरी भेगमा रहेको एउटा बारमा गोली चल्दा कम्तीमा ११ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । नर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागका अनुसार, बाज्रिलको बेलम शहर नजिकको बारमा गोली चलेको हो । 

कम्तीमा सात जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जानकारी दिएको छ । बन्दुकधारी सबैले अनुहार ढाकेका थिए । गोली चलाउनु पछाडिको कारणबारे भने थाहा भएको छैन । अन्धाधुन्ध गोली चलाएर ती बन्दुकधारीहरु भागेका थिए ।

स्थानीय सञ्चारमाध्यमले भने एक बन्दुकधारी पक्राउ परेको जनाएको छ। ती बन्दुकधारी घाइते अवस्थामा छन् । त्यसैगरी घटनामा अन्य केही मानिस घाइते भएका छन् ।

बन्दुकधारीहरु मोटरसाइकल र तीन वटा कारमा आएको बताइएको छ । आधिकारिक तथ्यांक अनुसार, बाज्रिलमा सन् २०१७ मा ६४ हजारको हत्या भएको थियो, जसमा ७० प्रतिशतको हत्या गोलीबारीकै कारण भएको थियो । 

 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया