सावित्रा भण्डारीको टिम सेथुले जित्याे भारतीय महिला लिग फुटबलको उपाधि

 जेठ ८, २०७६ बुधबार १८:१५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय महिला लिग फुटबलको उपाधि नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जितेको छ । बुधबार भएको फाइनलमा मणिपुर पुलिस स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि दिलाउन सावित्रा एक्लैले २ गोल गरेकी थिइन् ।

पहिलो हाफको ४४ औं मिनेटमा मणिपुरका लागि राधारानी देवीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनको गोलले सेथुविरुद्ध पहिलो हाफमा अग्रता बनाए पनि त्यो अग्रता दोस्रो हाफमा भने टिकाउन सकेन । ५६औं मिनेटमा सेथुलाई मणिपुरले उपहार गोल दिएको थियो । ग्रेसले प्रहार गरेको बल किलियर गर्न खोज्दा उमापत्ति देवीले आफ्नै पोष्टमा पुर्याएकी थिइन् ।

१–१ गोलको बराबरी भएकाले बेला सेथुका लागि नेपाली खेलाडी  सावित्राले ६१ औं मिनेटमा गोल थप्दै अग्रता २–१ बनाउन  सफल भइन् । जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएकी सावित्राले ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टिम ३–१ ले अघि बढेको थियो । सावित्रा प्लेयर अफ् द फाइनलसमेत बनिन् ।

त्यसपछि थप गोल नभएपछि सेथुले उपाधि जित्न सफल भयो । नेपालबाट यस प्रतियोगितामा सावित्रा र अनिता बस्नेतले खेलेका थिए । सावित्राले प्रतियोगिता अवधिभर १५ गोल गरिन् भने अनिताले १ गोल गरिन् ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया