भारतीय लोकसभा चुनाव : कन्हैया कुमार ४ लाख बढी मतले पराजित

 जेठ ९, २०७६ बिहिबार १७:१९:३५ | एजेन्सी
unn.prixa.net

भारतीय लोकसभा चुनाव २०१९ को मतगणना जारी छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी बीजेपी अगाडि देखिएको छ । 

सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन एनडीए ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ ।

कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन यूपीए १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ । 

भारतमा मात्रै नभई नेपालमा पनि चर्चित रहेको बिहारको बेगुसरायमा मतगणना सम्पन्न भएको छ । बेगुसरायबाट बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह निर्वाचित भएका छन् । 

गिरिराज सिंह ६ लाख ८७ हजार ५७७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मानिएका विद्यार्थी नेता तथा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमारले २ लाख ६७ हजार ९१७ मत प्राप्त गरे । साथै राष्ट्रिय जनता दलबाट तनवीर हसनले पनि यसै सिटबाट प्रतिस्पर्धामा थिए ।

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको चुनावी प्रचारप्रसारमा जावेद अख्तर, प्रकाश राजलगायतका चर्चित हस्ती मैदानमा उत्रिएका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया