पाकिस्तानी प्रधानमन्त्री इमरानले दिए मोदीलाई बधाई !

 जेठ ९, २०७६ बिहीबार १७:४५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जितको बधाई दिएका छन् । 

विभिन्न चरणमा भएका लोकसभा चुनावको मतपरिणाम सार्वजनिक हुने क्रममा छ । पछिल्लो मतपरिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) एक्लै सरकार बनाउने हैसियतमा आएको छ । उसले झण्डै ३०० सिटमा अग्रता बनाएको छ । उसको नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) मा आवद्ध पार्टी भने झण्डै ३४० सिटमा अगाडि रहेका छ । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन कम्तीमा २७२ सिट आवश्यक पर्दछ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिँदै दक्षिण एसियाको शन्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्न चाहेको बताएका छन् ।

गएको फेब्रुअरीमा पुलवामामा भएको आतंककारी आक्रमणपछि भारत–पाकिस्तान सम्बन्ध चिसिएको थियो । भारतले बालाकोटमा सर्जिकल स्ट्राइक नै गरेको थियो । चुनावी प्रचारप्रसारमा मोदीले त्यसैलाई आफ्नो चुनावी मुद्दासमेत बनाएका थिए । 
 

 

अन्तिम अपडेट: बैशाख १०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया