च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
धनुषा - उच्च अदालत जनकपुरले जनकपुरधामस्थित रत्नसागर मठका महन्त वैकुण्ठ दासलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
सांस्कृतिक विश्वविद्यालयअन्तर्गत जनक हजारी विद्यापीठको जग्गा कब्जा गरी बिक्री गरेको मुद्दामा बिहीबार उच्च अदालतले त्यस आदेश दिएको हो ।
यसअघि सरकारी कागज कीर्ते र ठगी मुद्दाका आरोपमा जिल्ला अदालत धनुषाले उनलाई १५ लाख रुपैयाँमा धरौटीमा रिहा गरेको थियो । यसैबीच केही महीनाअघि सर्वोच्च अदालतले वैकुण्ठ दासको महन्त पदवी नै खारेज गरिदिएको थियो ।
उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रत्नसागर मठका महन्त वैकुण्ठ दास वैष्णव फरार भएका छन् । जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गर्न दिएको आदेश उल्टाउँदै बिहीबार उच्च अदालतले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश सुनाएको हो ।
उच्च अदालतका न्यायाधीश विनोद मोहन आचार्य र अनन्तराज डुम्रेको संयुक्त इजलासले सरकारी कागज कीर्ते तथा ठगी मुद्दा सुनुवाइका क्रममा महन्त दासको हकमा उक्त आदेश सुनाएको हो ।
उच्च अदालतले अर्का आरोपी रत्नसागर मठका पुजारीको हकमा भने जिल्ला अदालतकै फैसला सदर गरेको छ । जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले गत पुसमा वैकुण्ठ दास वैष्णवलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने तथा सोही मठका पुजारी अशोक शर्मालाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश सुनाएका थिए ।
उच्च अदालतको आदेश सार्वजनिक भएलगत्तै महन्त वैकुण्ठ दास सम्पर्कविहीन बनेका छन् । जिल्ला अदालतको आदेशविरुद्ध वादी जनक हजारी विद्यापीठ तथा आरोपीद्वय वैकुण्ठ दास र पुजारी विनोद शर्माले उच्च अदालत जनकपुरमा ‘१७ नम्बर’ गरेका थिए ।
वादी पक्षकोतर्फबाट कानून व्यवसायी विपिनकुमार झा र देवेन्द्र ठाकुर निराला तथा प्रतिवादी महन्त दासका तर्फबाट श्यामकुमार मिश्र, चन्द्रबहादुर मैनाली, मन्सुर राइन, अचुतम आचार्य, प्रकाश घिमिरे तथा राजन दाहालसहितले बहस गर्नुभएको थियो ।
जनक हजारी विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहिरीमा नेपाल सरकारको तर्फबाट जिल्ला अदालत धनुषामा दायर अभियोग पत्रमा प्रतिवादी महन्त वैकुण्ठ दास र पुजारी अशोक शर्मासँग १६ करोड ९१ लाख २५ हजार रुपैयाँ बिगो तथा जेल सजायको माग दाबी गरिएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस जनक हजारी विद्यापीठले ०५० देखि नै भोग चलनमा रहेको जनकपुर ८ स्थित कित्ता ६२ को दुई कठ्ठा ११ धुर तथा कित्ता १, २, २८ तथा ४९ को दुई बिघा आठ कठ्ठा १४ धुर जग्गा कीर्ते लालपूर्जा बनाई बिक्री वितरण गर्न खोजेको दुवै जनामाथि आरोप लगाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shatrudhan yadav
May 25, 2019, 5:58 a.m.वास्तबमा दादागिरी शैलीमा वरावरी सरकारी जग्गाको दुरुपयोग गरेर सरकारी सम्पत्ति माथि धावा बोलेको छ , यस्तो मान्छे माथि जति जग्गा हिनामिना गरेको छ , त्यसको १० गुणा बढी पैसा तिराउनुपर्छ आ आजीवन कारावासमा हाल्नुपर्छ / चोर वावाहरु देशलाई लुटेर फरार भएको हो, खोजेर ल्याएर जेलमा हाल्नुपर्छ /