च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
लियोनल मेस्सीले च्याम्पियन्स लिगमा लिभलपुलसँगको हार खेलाडी करियरकै सबैभन्दा ठूलाे खराब क्षण भएकाे बताएका छन ।
उनले च्याम्पियन्स लिगमा लिभरपुलसँग हारको चोटमा मल्हम लगाउन कोपा डेल रे को उपाधि जित्न आवश्यक रहेकाे बताएका छन । ३१ वर्षीय बार्सिलाेना स्टार मेस्सीले सेमिफाइनलमा लिभरपुलको पराजयको विषयमा अझै पनि सोचिरहेको उनले बताएका छन् । कोपा डेल रे जित्नु नै सिजनको सफल अन्त्य गर्ने एक मात्र बाटो हो उनले बताए ।
ला लिगा च्याम्पियन बार्सिलोनाले शनिबार हुने खेलमा भ्यालेन्सियालाई पराजित गरेमा सिजनको दोहोरो उपाधि हात पार्नेछ । मेस्सीले चेतावनी दिँदै पराजयले टिमले अझै खराब महसुस गर्ने बताएका छन् । उनले भने, 'हामी लिभरपुलसँगको दोस्रो हाफको खेलमा लज्जास्पद छाै । यो मेरो खेल जिवनकै सबै भन्दा खराब अनुभव हो ।'
अर्जेन्टिनी फरवार्डको टिम अघिल्लो सिजन मेत क्वार्टरफाईनलमा रोमासँग पराजित भएका थिए ।
बार्सिलाेनाबाट मेस्सीले ७ कोपा डेल रेसहित २१ वटा मुख्य उपाधि उचालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।