काठमाण्डौको सुकेधारामा ग्यास सिलिण्डर विस्फोट : २ जनाको ज्यान गयो

 जेठ १२, २०७६ आइतबार १७:१९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको सुकेधारामा ग्यासको सिलिण्डर विस्फोट हुँदा दुई जनाको ज्यान गएको छ ।  

महानगरीय प्रहरी कार्यालय रानीपाेखरीका सूचना अधिकारी एसएसपी श्यामलाल ज्ञवालीका अनुसार विस्फोटमा  परि ज्यान गुमाउनेको पहिचान खुलेको छैन । 

विस्फोटमा परि केही व्यक्ति घाइते भएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । अहिले घटनास्थलमा उद्धारको काम भैरहेको छ । घाइतेलाई टिचिङ अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया