पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
लागू औषध कोकिनका २४६ वटा प्याकेट सेवन गरेर विमानको यात्रा गरिरहेका एक जना जापानी नागरिकको ज्यान गएको छ ।
मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती नागरिकको ज्यान गएको हो । उनको अचानक ज्यान गएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो ।
उदो एन नामका ती व्यक्तिलाई लागूऔषध ओभरडोज भएको थियो । परीक्षणका क्रममा उनको पेट र आन्द्रामा २ दशमलव ५ सेन्टीमिटर लामो र १ सेमी चौडाइका कोकिनका पोका भेटिएको पोष्ट मार्टम रिपोर्टमा जनाइएको बीबीसीले उल्लेख गरेको छ ।
कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए। एयरमोसिलियो नगरमा विमानलाई आपत्कालीन अवतरण गराइएको थियो । विमानमा सवार अन्य १९८ जना यात्रुलाई नियमित उडानमा नै गन्तव्यमा पुर्याइएको थियो ।