कांग्रेस अझै जिउँदै छ, श्रद्धाञ्जली दिने बेला आएको छैन : शशि थरुर

राहुल गान्धी नै कंग्रेसको नेतृत्व गर्न सक्ने सर्वश्रेष्ठ व्यक्ति

 जेठ १५, २०७६ बुधबार १३:१०:३ | एजेन्सी
unn.prixa.net

लोकसभा चुनावमा ठूलो पराजयपछि कांग्रेस अध्यक्ष राहुल गान्धी राजीनामा दिनका लागि तयार छन् । कयाैँ राज्यमा नमिठो हारपछि कांग्रेस सरकारको भविष्य अनिश्चितजस्तै देखिएको छ । 

तर यति हुँदाहुँदै पनि वरिष्ठ कांग्रेस नेता तथा पूर्व केन्द्रीय मन्त्री शशि थरुरले भने कांग्रेस पार्टी अझै जिउँदो रहेको बताएका छन् । ‘केरल र पञ्जावमा पार्टीको प्रदर्शनले पनि यही देखाउँछ,’ उनले भने । भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै नेता थरुरले कांग्रेसलाई श्रद्धाञ्जली दिने बेला नआइसकेको धारणा राखे । 

'राहुल गान्धी नै कांग्रेसको नेतृत्व गर्न सक्ने सर्वश्रेष्ठ व्यक्ति ' 

‘कांग्रेसको लागि यो समय हारको घाउलाई सम्हाल्ने मात्र नभई आगमी ५/६ महिनापछि महाराष्ट्र, हरियाणा र झारखण्डसहित विभिन्न राज्यमा हुन गइरहेको विधानसभा चुनावको तयारीको लागि जुट्ने समय हो ।’ राहुल नै कांग्रेसको नेतृत्व गर्नसक्ने सर्वश्रेष्ठ व्यक्ति भएको उनले बताएका छन् । 

थरुरले लोकसभा चुनावमा आफूलाई कंग्रेसले जिम्मेवारी दिए आफूले त्यसलाई स्वीकार्ने बताएका छन् । तर यसका लागि पार्टीको निर्णय नै निर्णायक हुने उनले धारणा व्यक्त गरेका छन् । 

नेता थरुरले कंग्रेस नै भारतीय जनता पार्टी (भाजपा) को विश्वसनीय विकल्प भएको बताएका छन् । उनले यो सन्देशलाई नागरिकसम्म पुर्‍याइने पनि विश्वास व्यक्त गरेका छन् । ‘नेहरु-गान्धी परिवारले स्वतन्त्रतापछि पार्टीको योगदानमा ठूलो भूमिका दिएका थिए । अब राहुल गान्धीको नेतृत्वले पनि पार्टीलाई योगदान दिन सक्छ,’ उनले भने । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया