विषादी प्रयोग गरी पकाइएको आँप बजारमा

 जेठ १६, २०७६ बिहीबार १०:२६:५० | रासस
unn.prixa.net

सिरहा – आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् ।

भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु सिरहा सदरमुकामसहित लहान, गोलबजार, मिर्चैयालगायतका शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् । 

यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीले बताएका छन् । विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको स्थानीयवासी सन्तोष साहको गुनासो छ । आँपमा विषादी हालेर पकाइएकाले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकको सुझाव छ ।

आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । सिरहामा फल्ने आँप काठमाडौँ, विराटनगर, पोखरासहित मुलुकका विभिन्न शहरका साथै भारतलगायतका अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Anil

    May 30, 2019, 10:35 a.m.

    सरकारले सक्छ भने बाहिरवाट फलफुल र तरकारीलाई आयात गर्न बन्द गर्नुपर्छ , नेपाल मै उत्पादन गर्नुपर्छ / अनि तपाइँ समाचार रिपोर्टर पनि भ्रममा नपर्नुस /नेपालको उत्पादनलाई माया गरौ भनि रिपोर्ट बनाउनुस र आयातलाई कम गरौं /

  •  0 Reply

तपाईको प्रतिक्रिया