च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ ।
मौसमको खराबीले अपराह्नदेखि विमानस्थलको अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय तथा आन्तरिकतर्फका केही उडान रद्द तथा उडान अन्यत्र मोडिने ‘डाइभर्ट’ भएका छन् भने आन्तरिकतर्फ पनि निर्धारित उडान तालिकाभन्दा ढिलो गरी उडान भएको छ ।
महाप्रबन्धक क्षेत्रीका अनुसार ‘इन रुट’ मा मौसमको खराबी जनाउँदै तिब्बत एयरलाइन्सले उडान रद्द गरेको छ, भने चाइना एयरलाइन्स डाइभर्ट भई भारतको कोलकाता पठाइएको छ । अपराह्नदेखि मौसम बदली भई भिजिबिलिटी कम रहेकाले उडानमा समस्या आएको हो । खासगरी उत्तरी क्षेत्रमा बाक्लो कुइरो र बादल लागेको छ । उत्तरतर्फबाहेकका अन्य रुटबाट आउने अन्तर्राष्ट्रिय उडानमा समस्या नरहेको तथा आन्तरिक उडान भने सञ्चालन भइरहेको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो ।
विमानस्थल १०० अन्तर्राष्ट्रियसहित दैनिक ४०० हाराहारीमा उडान हुने गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आज विज्ञप्ति निकालेर आगामी तीन दिनसम्म देशका पूर्वी, मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा बदली रही मेघगर्जन हावाहुरीसहितको वर्षा हुने जनाएको छ ।
आज दिउँसो चर्को घाम लागे पनि अपराह्नदेखि काठमाण्डौ उपत्यकासहितका स्थानमा बदली र हल्का वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डाैमा ११ मिलिमिटर वर्षा भएको छ । यसअघि हिजो १६ मिलिमिटर वर्षा भएको थियो । काठमाण्डाैको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।