जापानको नारिता विमानस्थलको सुरक्षा अब रोबोटको जिम्मामा

 जेठ १७, २०७६ शुक्रबार ७:१४:६ | रासस
unn.prixa.net

जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् । 

यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने छ । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार ती रोबोट १.२० मीटर उचाइका छन् । ती रोबोटमा ३६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिने छ । ती क्यामेराले सुरक्षाको राम्रो निगरानी राख्ने बताइएको छ ।

रोबोटबाट सुरक्षा निगरानी बढाइने यस प्रणाली यही जुन ३ तारिखबाट सुरुवात गरिने विमानस्थल प्रशासनले बिहीबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो ।

सन् २०२० मा जापानमा ओलम्पिक खेलकुद हुदैछ । त्यस समयमा निकै धेरै विदेशीहरुको आगमन हुने र सुरक्षाकर्मीरुको पनि आवश्यकता हुनेछ । त्यतिन्जेल पनि यस विमानस्थलमा रोबोटकै प्रयोग गरिने अधिकारीहरुले जानकारी दिएका छन् ।

विमानस्थल प्रशासनले दिएको जानकारी अनुसार विमानस्थलको टर्मिनल १ मा दुई ओटा र टर्मिनल २ मा दुई ओटा रोबोटको जडान गरिने छ ।

जापानले कामदारहरुको संख्या कटौती गर्ने नीति लिइरहेको छ । जसका कारण यसअघि पनि जापानका विभिन्न क्षेत्रमा र विशेषगरी सामान ढुवानी र यातायातमा रोबोटको प्रयोग गरि सकिएको छ । यसरी कामदार कटौतीको जापानी नीतिलाई अहिलेको रोबोटले पनि प्रवर्द्धन गर्ने अनुमान गरिएको पनि समाचारमा जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया