डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डौ – वैदेशिक रोजगार व्यवसायीले कामदारलाई शुक्रबारदेखि विदेश पठाउन रोकेका छन् । सरकारसँग राखेका ५ बुँदे माग पुरा नभएको भन्दै व्यवसायीले आजदेखि ७ दिन कामदारलाई विदेश पठाउन रोकेका हुन् ।
गएको जेठ ३ गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष भेलाले सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए जेठ १७ गतेदेखि २३ गतेसम्म विदेश जाने कामदारको टिकट नकाट्ने निर्णय गरेको थियो ।
यो बीचमा सरकारले आफ्ना माग पुरा गर्न पहल नगरेकाले शुक्रबारदेखि वैदेशिक रोजगारीमा जाने कामदारको टिकट काट्न बन्द गरेको वैदेशिक रोजगार व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद भान्तानाले उज्यालोलाई जानकारी दिनुभयो ।
संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको ब्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसियासँग भएको समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर कामदारलाई मलेसिया पठाउने प्रक्रिया सुरु गर्नुपर्ने माग गरेको छ ।
यस्तै अहिले दूतावासहरुबाट भइरहेको मागपत्र प्रमाणीकरणलाई सहज बनाउन रोजगारदाता कम्पनीलाई यूजरनेम र पासवर्ड दिएर अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण गर्न दिन, व्यवसायीले कामदार पठाए बापत पाउनुपर्ने सेवा शुल्क दक्षिण एसियाली मुलुक अनुसार हुनुपर्ने माग पनि संघले गरेको छ । अबको सात दिनमा पनि आफ्ना माग सम्बोधन नभए बैठकले बसेर आगामी रणनीति तय गरिने संघका वरिष्ठ उपाध्यक्ष भान्तानाको भनाई छ ।
सरकारसँग वैदेशिक रोजगार व्यवसायीका ५ बुँदे माग, पूरा नभए ७ दिन कामदारको उडान बन्द गर्ने चेतावनी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।