नेपालको परिवेशमा सङ्घीयता भर्खर जन्मेको बच्चा जस्तै हो : डाक्टर भट्टराई

 जेठ १७, २०७६ शुक्रबार २०:१६:४५ | रासस
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही - देशमा सङ्घीयताको प्रश्न अझै हल भइनसकेको पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बताउनुभएको छ ।

भैरहवामा आज पत्रकारसँगको कुराकानीमा डाक्टर भट्टराईले भन्नुभयो, ‘'सङ्घीयताको समस्या अझै हल भइसकेको छ्रैन । देशमा दिगो शान्ति र समृद्धि भएपछि मात्रै यस समस्याको हल हुन्छ । हामीले प्रस्ताव गरेको १० जोड एक प्रदेश राज्य पुनःसंरचना आयोगले दिएको सिफारिसको आधारमा गरिएको हो । त्यसलाई कार्यान्वयन तहमा लगेमा पनि धेरै प्रश्नको हल हुनेछ ।’

डाक्टर भट्टराईले सङ्घीयताको विषयमा अहिल्य नै टीकाटिप्पणी गर्नु र सङ्घीयता ठिक छैन भनेर हल्ला गर्नु जरुरी नरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको परिवेशमा सङ्घीयता भर्खर जन्मेको बच्चा जस्तै हो । यसलाई हुर्काउने बढाउने काम सबै राजनीतिक दलको हो ।’

नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम एकीकरण भई बनेको समाजवादी पार्टी नेपालले भैरहवामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा उपप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष उपेन्द्र यादवसहित भैरहवा आउनुभएका  पार्टीका सङ्घीय परिषदका अध्यक्ष डा भट्टराईले स्थानीय सरकारका प्रमुखहरुले गाडी सुविधा र अन्य सुविधा लिए भनेर धेरै हल्ला गर्नु पनि जरुरी नरहेको बताउनुभयो ।

डाक्टर भट्टराईले सरकारले फड्को मार्ने किसिमको बजेट ल्याउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सङ्घीयता, सुशासन, समाजवाद र समृद्धिको जगमा नै देशको विकास सम्भव छ, नेताहरुले सही ढङ्गले काम गरेमा १५ वर्षभित्र देशको आर्थिक स्तर मध्यमस्तरको हुन सक्दछ ।’

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया