च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
भारतको मुम्बईमा रेलबाट खसेर अछामका एक युवकको ज्यान गएको छ ।
मङ्गलसैन नगरपालिका–८ वलीगाउँका ३० वर्षीय मोहन परियारको भारत गुजरातको बापीबाट महाराष्ट्रको मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर ज्यान गएको हो ।
रेलबाट खसेका मोहनको घटनास्थलमै ज्यान गएको त्यहाँ रहेका उनका गाउँले कमल रावलले जानकारी दिनुभयो । नेपालबाट गएकी श्रीमतीलाई लिन बापीबाट मुम्बई जाँदै गरेको अवस्थामा रेलबाट खसेर घटनास्थलमै ज्यान गएको रावलले बताउनुभयो ।
गुजरातको बापीमा काम गर्दै आएका मोहन आफन्तसँग महाराष्ट्रको ठाणेसम्म पुगेकी श्रीमती डुप्की परियारलाई लिनका लागि रेल यात्रा गर्दै त्यहाँ गइरहेका थिए ।
घरबाट आएकी श्रीमती डुप्की परियार भेट्न नपाउँदै ठाणे जाने क्रममै मुम्बईको पालघरमा मृत्यु भएको हो । भारतको पालघरमा शव परीक्षण भएपछि आफन्तले शव बुझेर आज दाहसंस्कार गरिएको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।