खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
तीन दिने बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो दिन बेलायतका वरिष्ठ नेताहरुसँग भेटघाट गरेका छन् ।
राष्ट्रपति ट्रम्पले बेलायत भ्रमणको क्रममा आफूविरुद्ध हजारौँ व्यक्तिहरुले प्रदर्शन गरेको खबर झुठो भएको बताएका छन् । यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अमेरिकी राष्ट्रपति ट्रम्पको विरोधमा हजारौँ प्रदर्शनकारीहरुले बेलायतमा प्रदर्शन गरेको बताएका थिए ।
यसअघि राष्ट्रपति ट्रम्पले बेलायतका मेयर सादिक खानको आलोचना पनि गरेका थिए । ट्रम्पले ट्वीट गर्दै भनेका थिए, ‘सादिक खानले लण्डनको मेयर भएर निकै खराब काम गरिरहेका छन् । अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमणलाई लिएर अनावश्यक टाउको दुखाइरहेका छन् । उनले मभन्दा पनि बेलायतको अपराधमाथि ध्यान दिनु राम्रो हुन्छ ।’
— Donald J. Trump (@realDonaldTrump) June 3, 2019
त्यस्तै बेलायतका मेयर सदिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतका लागि ‘रेड कार्पेट’ बिछ्याउन जरुरी नभएको बताएका थिए । यसअघि पनि यी दुईबीच आरोप प्रत्यारोप नचलेको भने होइन । जब अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत पुगे, तब यी दुईबीच ‘ट्विटर वार’ सुरु भएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ब्रेक्जिट (यूरोपियन युनियनबाट बाहिर हुने प्रक्रिया) सम्झौतापछि बेलायत र अमेरिकाको व्यापारमा बढोत्तरी हुने बताएका छन् । ‘ब्रेक्जिट सम्झौता लगत्तै बेलालयत र अमेरिकाको व्यापार तीन गुणा बढ्ने सम्भावन रहेको छ,’ राष्ट्रपति ट्रम्पले भने ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।