पर्यटकको लागि कठोर बन्दै रोम सिटी: सर्टको टाँक खोलेर घुम्न प्रतिबन्धदेखि धेरै खाँदा पनि आपत्ति

 जेठ २६, २०७६ आइतबार २०:४३:३४ | एजेन्सी
unn.prixa.net

इटालीको शहर रोम घुम्न जाने पर्यटकहरुका लागि सिटी काउन्सिलले नयाँ नियम कार्यान्वयनमा ल्याएको छ । सिटी काउन्सिलले हालै पुराना नियमहरुमाथि परिवर्तन गरेको हो । 

रोमको ऐतिहासिक स्थान फाउन्टेनमा मुख लगाएर पानी पिउन र सर्टको टाँक खोलेर घुम्न प्रतिबन्ध लगाएको छ । अब पर्यटकहरुले फाउन्टेनसँग खेल्न पाउने छैनन् र यो नियम तोड्नेले जरिवाना तिर्नुपर्नेछ । 

अधिकारीहरुको नजर धेरै खाजा (स्न्याक्स्) खाने  पर्यटकहरुमाथि पनि परेको छ । किनकि स्न्याक्ससँगै पर्यटकहरुले टमाटर सस र मोजेरेला चीज पनि खसाल्छन् । जसले ऐतिहासिक स्थानको सुन्दरतामा आँच पुग्ने र सरसफाइ गर्न पनि असर पर्ने अधिकारीहरुले बताएका छन् । 

सिटी काउन्सिलले एक बयानमा भनेको छ, ‘प्रत्येक वर्ष आउने पर्यटकहरुको असामाजिक व्यवहारमाथि अंकुश लगाउन पहिलेदेखि नै कदम चालिँदै आइएको थियो ।’

रोमको ट्रेभी फाउन्टेन पर्यटकहरुको सबैभन्दा प्याराे स्थान हो । पर्यटकहरु फाउन्टेनभित्र जान्थे र ऐतिहासिक फाउन्टेनमा मुख लगाएर पानी पिउने गर्दथे ।   

त्यसैगरी स्मारकमा लभ लक लगाउनु (प्रेम अंकित गर्नु) पनि अपराध गरेसरह नै ठहरिनेछ ।

रोम सरकारले विदेशी दूतावासहरुलाई नयाँ नियमको बारेमा जानकारी दिएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया