दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
भक्तपुर - भक्तपुर नगरपालिकाले आइतबारदेखि शैक्षिक ऋण वितरण गर्न सुरु गरेको छ ।
नगरपालिकाले नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत ब्याज दरमा पाँच लाख रुपैयाँसम्मको शैक्षिक ऋण दिन सुरु गरेको हो ।
भक्तपुर नगरपालिकाले आइतबार आयोजना गरेको शैक्षिक ऋण वितरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले प्रति विद्यार्थी ५ लाखसम्म ६ प्रतिशतको सहुलियत ब्याज दरमा ऋण प्रदान गर्ने व्यवस्था गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले चिकित्सा क्षेत्रमा उच्च जनशक्तिको अभावलाई ध्यानमा राखेर २ जना एमबीबीएस डाक्टरहरूलाई उच्च शिक्षाको लागि छात्रवृत्ति दिने निर्णय समेत गरेको उहाँले बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गरेकाे कलेजहरूमा देशभरका विद्यार्थीहरूले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको बताउँदै देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा भक्तपुर नगरपालिकाले योगदान गरिरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा विषय पढ्ने विद्यार्थीहरूलाई आकर्षित गर्न नगरपालिकाले छात्रवृत्तिसमेत प्रदान गर्दै आएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।