माली आक्रमण : कम्तीमा सय जनाको ज्यान गयो

 जेठ २७, २०७६ सोमबार १८:४१:४१ | एजेन्सी
unn.prixa.net

मध्य मालीको एक गाउँमा डोगोन नामको जातीय समूहले आक्रमण गर्दा कम्तीमा सय जनाको ज्यान गएको छ । 

फ्रान्सेली भाषाको समाचार आरएफआईका अनुसार, साँगा शहरको सोबाले कोउमा भएको हो । एक स्थानीय अधिकारीका अनुसार, मृतकहरुको शव जलाइएको छ र बाँकी शवको खोजी कार्य जारी छ । 

पछिल्लो समय मालीमा कैयाैँ आक्रमण भैरहेका छन् । केही आक्रमण जातीय र केही जिहादी समूहले गरेका हुन् । 

गएको मार्च महिनामा पनि १ सय ३० भन्दा बढी फुलानी गाउँका मानिसहरुको हत्या गरिएको थियो । आक्रमणकारीहरुले पारम्परिक डोगोन शिकारीका कपडा लगाएका थिए । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया