पाकिस्तानी पूर्व राष्ट्रपति जर्दारी पक्राउ

 जेठ २७, २०७६ सोमबार १९:४:५१ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका पूर्व राष्ट्रपति  तथा पाकिस्तानी पिपल्स पार्टीका सह-प्रमुख असिफ अली जर्दारी कालो धनलाई वैध बनाएको आरोपमा इस्लामावादबाट पक्राउ परेका छन् । 

पाकिस्तानकाे उच्च न्यायालयले पूर्व राष्ट्रपति र उनकी बहिनी फरयाल तालपुरको पूर्व गिरफ्तारी जमानतलाई खारेज गरेपछि उनी पक्राउ परेका हुन् । उनीमाथि नक्कली खाताबाट वित्तीय अपचलन गरेको पनि आरोप छ ।

पूर्व राष्ट्रपति जर्दारी यसअघि पनि भ्रष्टाचारको आरोपमा जेल गइसकेका छन् ।

उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति थिए । उनी आफ्नी पत्नी तथा पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्यापछि राष्ट्रपति पदका लागि चुनिएका थिए । 

जर्दारीलाई लामो समयसम्म पाकिस्तानी राजनीतिका सबैभन्दा विवादास्पद व्यक्तिमध्ये एक मानिन्छ ।

जर्दारी र उनकी बहिनीमाथि यो मुद्दामा नक्कली खाताबाट ४.४ अर्ब रुपैयाँ देशभन्दा बाहिर पठाएको आरोप पनि छ । 

असिफ अली जर्दारीका छाेरा बिलावल भुट्टाेले बुवाकाे गिरफ्तारीपछि आफ्ना कार्यकर्तालाई शान्तिपूर्ण वातावरण बनाइराख्न आग्रह गरेका छन् । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया