पाकिस्तानले भारतका प्रधानमन्त्री मोदीका लागि हवाई मार्ग उपलब्ध गराउने

 जेठ २८, २०७६ मंगलबार ११:४१:२९ | एजेन्सी
unn.prixa.net

पाकिस्तानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि हवाई मार्ग उपलब्ध गराउने भएको छ । 

अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि बन्द गरेको आफ्नो हवाई मार्ग भारतीय प्रधानमन्त्री मोदीको किर्गिस्तान भ्रमणका बेला प्रयोग गर्न दिन सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

मोदीको विमानलाई पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति दिन भारतले पाकिस्तानसमक्ष आग्रह गर्दै आएको थियो । मोदी जुन १३ र १४ मा किर्गिस्तान जाने कार्यक्रम छ ।

पाकिस्तानले आफ्नो हवाई मार्ग प्रयोग गर्न नदिएको अवस्थामा मोदीले हवाई यात्रामा दोब्बरभन्दा बढी समय खर्चिनुपर्ने हुन्थ्यो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया