खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईसी) को विशेष अदालतले विमान अपहरणको धम्की दिने एक जना व्यापारीलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
विशेष अदालतले मुम्बईका व्यापारी बिरजू सल्लालाई पाँच करोड भारु जरिवाना पनि लगाएको छ । विशेष अदालतका न्यायाधीश केएम दवेले व्यापारी बिरजू सल्लालाई यो सजाय सुनाएका हुन् ।
यो घटना सन् २०१७ अक्टोबर ३० तारिखको हो । जेट एयरवेजको मुम्बई-दिल्ली फ्लाइटको शौचालयको टिस्यू पेपरमा अपहरणको नोट लेखेर छोडेका थिए । उनले नोटमा विमान पीओके (पाकिस्तानले ओगटेको क्षेत्र) लैजाने लेखेका थिए ।
अदालतको एन्टी हाइज्याकिंग एक्ट २०१६ अनुसार, व्यापारी बिरजूलाई दोषी ठहर गरेको थियो । मंगलबार सजाय सुनाउँदै न्यायाधीशले पाँच करोडको जरिवाना विमान चालक दलका सदस्य र यात्रीहरुलाई बाँड्ने बताएको छ, जो त्यस दिन विमानमा सवार थिए ।
गिरफ्तारीपछि उनलाई ‘नेशनल नो फ्लाई लिस्ट’ मा राखिएको थियो, उनलाई कुनै पनि विमानको यात्रामा रोक लगाइएको थियो । उनीविरुद्ध कठोर विमान अपहरण रोधी कानुन-२०१६ अनुसार मुद्दा दर्ता गरिएको थियो ।
बिरजूले अपराध स्वीकार गर्दै आफ्नी प्रेमिकालाई मुम्बई बोलाउनको लागि यस्तो हर्कत गरेको बताएका छन् । धम्कीपछि जेट एयरवेज दिल्लीमा कार्यरत आफ्नी प्रेमिका मुम्बई आउन् भन्ने मनसायका साथ उनले यो उपाय अपनाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।