गुगल र एप्पललाई पछि पार्दै अमेजन बन्यो विश्वकै मूल्यवान् ब्राण्ड

 जेठ २९, २०७६ बुधबार १६:१६:३५ | एजेन्सी
unn.prixa.net

गुगल र एप्पल कम्पनीलाई पछि पार्दै अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजन विश्वकै सबैभन्दा मूल्यवान् ब्राण्ड भएको छ । 

ब्राण्डहरुकाे उत्कृष्ट १ सय स्थानको पहिलो नम्बरमा गुगल र एप्पलको निकै लामो समयसम्म रहेको एकाधिकार सन् २०१९ मा अमेजनले समाप्त गरेको हो । जेफ बेजोस अमेजनका कार्यकारी अधिकृत छन् । 

अमेजनको मूल्य ३१५ दशमलव ५ बिलियन अमेरिकी डलर छ, जुन सन् २०१८ को तुलनामा ५२ प्रतिशतले बढेको हो । 

डब्ल्यूपीपीका प्रमुख कार्यकारी अधिकृत डेभिड रोथले भने, ‘मलाई विश्वास लागेको थिएन कि अमेजनका संस्थापकले अर्कै व्यवसाय बनाउँछन्, जस मध्ये एक पर्यटकलाई अन्तरिक्षमा पठाउनु हो....अमेजन एक धारावाहिक अवरोधक हो ।’

डब्ल्यूपीपी (वायर एण्ड प्लास्टिक प्रडक्स) रिसर्च एजेन्सी कान्तारले यो वरीयता संकलन गरेको हो, जसलाई गत मंगलबार सार्वजनिक गरिएको हो । 
अमेजनले अहिले नयाँ क्षेत्रमा आफ्नो व्यापार बढाएको छ, जुन अमेजनको मूल व्यवसायभन्दा फरक छ । यसैबाट अमेजनले राम्रो दरमा पैसा कमाउँदै आएको छ । 

अमेजनले अब क्लाउड कम्प्युटिंग र होम हार्डवेयर (अमेजन एलेक्सा) मा पनि नेतृत्व गरिरहेको छ । 

यसका अलावा बेलायतको फुड डेलिभरी कम्पनी डेलिभरी, विद्युतीय ट्रक स्टार्टअप र टेल्सा रिभल रिभान, र स्वचालित ड्राइभिङ कार कम्पनी रिभियनमा पनि लगानी गरेको छ ।  


 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया