अनुपमा परमेश्वरनसँगकाे प्रेममा क्रिकेटर जसप्रीत !

 जेठ ३०, २०७६ बिहिबार ११:४६:१३ | एजेन्सी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटका लागि भारतीय टिमका महत्वपूर्ण खेलाडी जसप्रीत बुमराह अहिले इंग्ल्याण्डमा छन् ।

जारी विश्वकपमा उनले उत्कृष्ट बलिङ गरिरहेका छन् भने टिमले पनि शत प्रतिशत नतिजा निकालेको छ । खेलेका दुई खेलमा भारतले दक्षिण अफ्रिका र अष्ट्रेलियालाई पराजित गरिसकेको छ ।

भारतीय क्रिकेटर बुमराहको  प्रेम समबन्ध अहिले फेरि बाहिर आएको छ । यसअघि बुमराह र राशी खन्ना सम्बन्धमा रहेको बताइएको थियो । तर जवाफमा राशीले बुमराह राम्रो क्रिकेट खेलाडी भएको आफूलाई थाहा भएको अन्य कुरा केही पनि थाहा नभएको जवाफ दिएपछि त्यो मामला सेलाएको थियो ।

तर अहिले बुमराहको नाम दक्षिण भारतीय चलचित्रकी नायिका अनुपमा परमेश्वरनसँग जोडिएको छ ।

भारतीय मिडियाका अनुसार यी दुई डेटमा पनि रहेका छन् । तर अनुपमाले भने आफूहरु राम्राे साथी मात्रै भएकाे प्रतिक्रिया दिएकी छिन् ।

अनुपमाले २०१५ मा 'प्रेमम' चलचित्रबाट डेब्यू गरेकी थिइन् । अहिले उनी असिस्टेन्ट डाइरेक्टरको रुपमा प्रोडक्सन हाउसमा काम गर्दै आएकी छिन् ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया