भारतीय वायु सेनाको दुर्घटनाग्रस्त जहाज भेटियो : १३ जनाकै ज्यान गएको पुष्टि

 जेठ ३१, २०७६ शुक्रबार ११:६:४० | एजेन्सी
unn.prixa.net

सांकेतिक तस्बिर

भारतीय वायु सेनाले अरुणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त एएन–३२ विमानमा सवार १३ जनाकै ज्यान गएको बताएको छ । 

अरुणाञ्चल प्रदेशको पहाडी भेगमा उद्धारकर्मीको एउटा टोलीले दुर्घटनाग्रस्त विमानको अवशेष फेला पारेपछि विमानमा सवार सबैको ज्यान गएको पुष्टि गरेको हो ।

भारतीय वायुसेनाका प्रवक्ताले भारतीय सञ्चार माध्यमसँग भने, ‘भारतीय वायु सेना ३ जून, २०१९ मा भएको एएन–३२ विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । भारतीय वायु सेना मृतकका परिवारको साथमा छ ।’

विमान दुर्घटनामा परि ज्यान गुमाउनेमा विङ कमाण्डर जीएम चार्ल्स, स्क्वाडर्न लिडर एच विनोद, फ्लाइट लेफ्टिनेन्ट एलआर थापा, एमके गर्ग, आशिष तनवर, सुमित मोहन्ती, वारेन्ट अफिसर केके मिश्रा, सर्जेन्ट अनुप कुमार,  कोर्पोरल शेरिन, एलएसी एसके सिंह, एलएसी पंकज तथा गैरलडाकु राजेश कुमार तथा पुताली रहेका छन् ।

रुसमा बनेको एएन–३२ विमान गएको जून ३ मा असमको जोरहाटबाट चीनको सीमानजिकै रहेको मेचुका उपत्यकाका लागि उडेको थियो । उडान भरेको आधा घण्टामै राडारसँग विमानको सम्पर्क टुटेको थियो । 

भारतीय वायु सेनाका अधिकारीका अनुसार बुधबार उद्धारकर्मीको १५ जनाको टोली दुर्घटनाग्रस्त क्षेत्रमा पठाइएको थियो । बिहीबार आठ जना उद्धारकर्मी दुर्घटनाग्रस्त क्षेत्रमा पुगेका थिए । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया