त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति...
चैत १६, २०८० शुक्रबार
भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ ।
स्थानीय प्रहरीले दिएको जानकारी अनुसार घटनामा होटलका मालिक पनि दोषी देखिएका छन् । गुजरात राज्यको बडाेदरा जिल्लामा शुक्रबार राति घटना भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले होटल मालिकले लापर्वाही गरेको पनि बताएका छन् ।
मृत्यु हुनेमा ट्याङ्की सफा गर्न बोलाइएका चार जना मजदुर र उनीहरुलाई सघाएका होटलमै काम गर्दै आएका अरु तीन जना रहेको प्रहरीले जनाएको छ ।
भारतमा हरेक वर्ष यस्तै घटनामा परी सयौँ मजदुरको मृत्यु हुनेगरेको छ । सफाइका लागि पर्याप्त श्रोत साधनको प्रयोग नगर्ने र लापर्वाही गरेकाले उनीहरुको मृत्यु हुने गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
सुरुमा ट्याङ्कीमा एक जना पसेका थिए, उनी बाहिर निस्कन नसकेपछि अरु उनलाई निकाल्न भित्र गएका थिए, तर उनीहरु पनि निस्कन सकेनन्, उद्धार कार्यको नेतृत्व गरेका बडाेदराका अग्नि नियन्त्रण अधिकृत निकुन्ज आजादले जानकारी दिए ।
सफाइकै लागि आएका चारै जना बाहिर आउन नसकेपछि होटलमा काम गर्ने अरु तीन जना गएका थिए । उनीहरु पनि बाहिर आउन नसकेको उहाँले बताउनु भयो । अहिले उनीहरु सबैको शब बाहिर निकालेर पोष्ट मार्टम गर्न पठाइएको आजादले जानकारी दिनुभयाे ।