रसुवागढी भन्सार कार्यालयमा आइतबारदेखि ‘ब्रोकर मोडल’ सञ्चालन

 असार १, २०७६ आइतबार ८:७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुुुवा – रसुवागढी भन्सार कार्यालयमा आइतबारदेखि ‘ब्रोकर मोडल’ सञ्चालनमा आउने भएको छ । 

भन्सारमा हुने कारोबारलाई पारदर्शी बनाउनका लागि आसिकुडा वर्ल्ड सिस्टमको ब्रोकर मोडल सञ्चालनमा ल्याउन लागिएको हो । 

ब्रोकर मोडलले भन्सार कार्यालयका कर्मचारी र व्यवसायी दुवैलाई जिम्मेवार बनाउने छ । यसले कार्यालयमा कामको चाप घट्नेछ । आयातकर्ता, प्रतिनिधि वा भन्सार एजेन्टले ब्रोकर मोडलबाट मालवस्तुको घोषणा गर्नेछन् ।

यो प्रणालीले भन्सार कर्मचारी र व्यावसायीबीचको दूरी पनि बढाउनेछ । यसका लागि व्यावसायी तथा एजेन्टले पासवर्ड पाउँछन् । त्यही सफ्टवेयर प्रयोग गरेर उनीहरूले जहाँबाट पनि सामग्रीको घोषणा गर्न सक्छन् । घोषणा गर्नुपूर्व उनीहरूले सामग्री अनुसार महसुल हेर्नुपर्छ ।

यसका लागि पहिलो एजेन्टको रूपमा सापकोटा प्रोभिजनल एण्ड फर्वाडिङका माधव प्रसाद सापकोटाले अनुमति पाउनु भएको छ । भन्सारमा हुने कारोबारलाई स्वच्छ र पारदर्शी बनाउनका लागि यो मोडल सञ्चालनमा ल्याउन लागिएको प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताउनुभयो । 

‘भारतसँग सीमा जोडिएका क्षेत्रका भन्सार कार्यालयमा यो मोडल पहिलेदेखिनै सञ्चालनमा थियो, उहाँले भन्नुभयो, यहाँ हामीले पहिलो पटक सञ्चालन गर्दै छौँ ।’ यसले व्यावसायी तथा भन्सार कर्मचारीलाई थप जिम्मेवार बनाउने छ ।
    
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया