गुठी विधेयक सच्चिन्छ : प्रधानमन्त्री ओली

 असार १, २०७६ आइतबार ११:४४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाउनुभएको छ । 

एकसाता लामो युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘धर्म सस्कृतिमा प्रतिकुल असर पर्ने खालका प्रावधानहरु जानेर या नजानेर परेका भए त्यसलाई सरकारले सच्याउँछ ।’

उहाँले सरकार जनताको मन दुखाउन नभई हसाउनका लागि बनेकाले कहीँ कतै केही कुराहरु नमिलेको भए त्यसलाई सच्चाएर अघि बढ्ने बताउनुभयो ।

गएको जेठ २५ गते युरोप भ्रमणमा जानुभएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कनुभएको हो ।

प्रधानमन्त्री स्वदेश फर्कदा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सभामुखलगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।  
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया