भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले अति व्यस्त बजार क्षेत्र न्युरोडमा आइतबारबाट स्मार्ट पार्किङ' सेवा सुरु गरेको छ ।
स्मार्ट पार्किङ सेवाको उद्घाटन गर्दै काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तत्कालका लागि सुरु गरिएको यो सेवालाई समयानुकूल परिवर्तन र परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।
स्थानीयले सडक व्यवस्थापन गर्न आग्रह गरेपछि पार्किङलाई व्यवस्थित र मर्यादित बनाउन ‘व्हिल्स ट्रुली योर्स’ को सहकार्यमा पाँच ठाउँमा स्मार्ट पार्किङको व्यवस्था गरिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले उज्यालोलाई बताउनुभयो ।
‘दुई हप्ता परीक्षण गरिसकेपछि आज (आइतबार) बाट स्मार्ट पार्किङ सेवा सुरु गरिएको हो । यसले विकसित रुप लिइसकेपछि सम्भावित स्थानमा विस्तार गर्ने योजना बनाएका छौँ,’ प्रवक्ता डंगोलले भन्नुभयो ।
उहाँका अनुसार अहिलेलाई विशाल बजार अगाडिको इन्द्रचोक जाने सडक, धर्मपथ, रामेश्वर मिठाइ पछाडिको क्षेत्र, पाको र आरबी कम्प्लेक्स अगाडि स्मार्ट पार्किङको व्यवस्था गरिएको छ । एन्ड्रोइड र आईओएस दुवैमा 'केएमसी पार्किङ' एप डाउनलोड गरेर स्मार्ट पार्किङको सेवा लिन सकिने उहाँले जानकारी दिनुभयो ।
स्मार्ट अटोमोडेट पार्किङ सिस्टमममा आधारित स्मार्ट पार्किङ स्टेशनमा एकैपटक आठ सय वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने महानगरपालिकाले बताएको छ ।
के विशेषता छ एपमा ?
‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आईओएस दुवैमा डाउनलोड गरेर सेवाग्राहीले सेवा लिन सक्नेछन् । सीसीटिभीबाट स्वचालित हुने यो सेवा वैज्ञानिक पनि छ । इ-टिकेटिङको माध्यमबाट कसले कसको दुई पाङ्ग्रे र चार पाङ्ग्रे पार्किङ गरिरहेको छ त्यो ट्राफिक प्रहरी र काठमाण्डौ महानगरपालिकालाई थाहा हुन्छ । एपमा रहेको टोल फ्री नम्बरमा फोन गरेर बुकिङ गर्न सकिन्छ र त्यो बुकिङले १५ मिनेटसम्म काम गर्छ । अब न्युरोड जानुअघि नै पार्किङका लागि कुन ठाउँ खाली छ एपबाट नै थाहा पाउन सकिन्छ ।
स्मार्ट पार्किङका लागि काठमाण्डौ महानगरपालिकाले दुई थरी शुल्क निर्धारण गरेको छ । महानगरपालिकाका अनुसार, स्मार्ट पार्किङस्थलमा पार्किङ गर्दा दुई पाङ्ग्रे सवारी साधनले एक घण्टाको २५ रुपैयाँ र चार पाङ्ग्रे सवारी साधनले ८० रुपैयाँ तिर्नुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।