राष्ट्रपति भण्डारीद्वारा लाेकसेवा आयाेगकाे कामकाे प्रशंसा

 असार १, २०७६ आइतबार १५:२६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको कामको प्रशंसा गर्नुभएको छ । 

उहाँले लोकसेवा आयोगको साख, गरिमा र यसप्रति रहेको जनविश्वासलाई झनै समुन्नत तुल्याउन सरकार र सम्बद्ध सबै क्षेत्रलाई आवश्यक सहयोग, समन्वय गर्न र सुझाव दिन पनि आग्रह गर्नुभयो । 

आयोगको ६९ औंँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाण्डौमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपाल निर्माण गर्ने सरकारले लिएको संकल्पलाई पूरा गर्न पनि लोक सेवा आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले संविधानले सुम्पेको जिम्मेवारीलाई योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा पूर्ण कार्यान्वयन गर्ने कामलाई पनि आयोगले सुदृढ ढंगले अघि बढाएको स्मरण गराउनु भयो । लोकसेवा आयोगले परीक्षण पद्धतिलाई समय सापेक्ष बनाउने प्रयोस गरिरहेको राष्ट्रपति भण्डारीको भनाइ थियाे ।

संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले सार्वजनिक प्रशासनलाई अझै स्वच्छ, सुदृढ र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा उहाँले गर्नुभयो । उहाँले कर्मचारीहरुलाई राष्ट्रको आर्थिक तथा सामाजिक उन्नति र प्रगतिमा समर्पित भएर जुट्न पनि आह्वान गर्नुभयो ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया