अक्षय कुमारले हात जोड्दै फ्यानहरुलाई भने: नकारात्मक कुराको पछि नलाग्नुहोस्

 असार १, २०७६ आइतबार १७:१६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

‘सूर्यवंशी’ को प्रदर्शन मिति परिवर्तन गरिएको भन्दै भड्किएका फ्यानहरुलाई अभिनेता अक्षय कुमारले हात जोड्दै नकारात्मक कुराको पछाडि नलाग्न अपिल गरेका छन् । 

अक्षयले आफ्नो ट्वीटर एकाउन्टमा ट्वीट गर्दै लेखेका छन्, ‘पछिल्ला केही दिनदेखि मेरा नजिकका अर्थात् तपाइँहरुले नकारात्मक ट्रेण्ड चलाइरहनु भएको छ । तपाइँहरुको रिसलाई बुझ्न सक्छु । म केवल हात जोडेर बिन्ति गर्न चाहन्छु कि यस किसिमका ट्रेण्डको सुरुवात नगर्नुहोस् र यस्तो नकारात्मक कुराको पछाडि नलाग्नुहोस् । मैले ‘सूर्यवंशी’ एकदमै सकारात्मक दृष्टिकोणका साथ सुरु गरेको थिए । तसर्थ यसलाई त्यही रुपमा बन्न र प्रदर्शन हुन दिनुस् ।’ 

यस अघि रोहित शेट्टीको निर्देशनमा बन्दै गरेको तथा अक्षय कुमार र कट्रिना केफको अभिनय रहने चलचित्र ‘सूर्यवंशी’ सन् २०२० को इदको अवसरमा रिलिज हुने बताइएको थियो । तर पछि सलमान खानको चलचित्र ‘इन्शाअल्लाह’ सँग जुध्ने भएपछि ‘सूर्यवंशी’ तोकिएको मिति भन्दा दुई महिनाअघि २७ मार्च २०२० मा सारिएको छ । 

चलचित्रको मिति परिवर्तन भएपछि सलमान खानले रोहित शेट्टी आफ्नो ‘भाइ’ सरह रहेको र त्यो कुरालाई रोहितले पनि साबित गरिदिएको भन्दै ट्वीट गरेका थिए । सलमानले ‘सूर्यवंशी’ को परिवर्तित प्रदर्शन मिति पनि सार्वजनिक गरेका थिए । 

अक्षयको चलचित्रको मिति अचानक परिवर्तन भएपछि उनका फ्यानहरुलाई यो कुरा चित्त बुझेन । फ्यानहरुले निर्देशक रोहित शेट्टीले अक्षय कुमारको इच्छा विपरीत चलचित्रको प्रदर्शन मिति परिवर्तन गरेको आरोप लगाइरहेका छन् । अक्षयका फ्यानहरुले रोहित शेट्टीविरुद्ध ट्विटरमा क्याम्पेन चलाउँदै ट्रोल गरेका थिए । 
  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया