पब्जी ४० करोडभन्दा धेरै पटक डाउनलोड, बन्यो विश्वकै धेरै कमाउने अनलाइन गेम

 असार १, २०७६ आइतबार १९:३३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

पब्जी मोबाइल गेम विश्वको सबैभन्दा धेरै पैसा कमाउने अनलाइन गेम बनेको छ । पब्जीले ४० करोडभन्दा बढी पटक आफ्नो गेम डाउनलोड भएको बताएको छ । त्यस्तै चीन बाहिर मात्रै पाँच करोड दैनिक सक्रिय प्रयोगकर्ताहरु रहेका छन् । 

एक रिपोर्टका अनुसार, पब्जी गेमले गएको महिना १४६ मिलियन डलर कमाइ गरेको छ, जुन अरु अनलाइन मोबाइल गेमको कमाइभन्दा धेरै बढी हो । 
गेमको धेरैजसो कमाइ इन-गेम पर्चेजबाट हुन्छ । आफ्नो इन-गेम लुकका लागि खेलाडीहरुले स्किन र कस्ट्यूम्स पनि खरिद गर्दछन् । 

यसको अलावा चीनमा पब्जी मोबाइल गेम बन्द भएपछि लन्च गरिएको गेम फर पीसबाट पनि कम्पनीले उल्लेख्य कमाइ गरिरहेको छ । गएको वर्ष पब्जी मोबाइल गेमले ७०० मिलियन डलर कमाइ गरेको थियो । 

पब्जी मोबाइल गेमले २०० मिलियन डाउनलोड भएको ६ महिनाभन्दा कम समयमा नै ४०० मिलियनको आँकडा पार गरेको छ । 

पब्जी मोबाइल गेमले भरखर मात्रै नयाँ अपडेट ०.१३.० ल्याएकाे छ । यो अपडेटसँगै गेममा केही नयाँ विशेषता जोडिने गर्छ र यही अपडेटलाई लिएर उत्साहका साथ पब्जीले कोशेढुंगा पार गरेको हो । 

के हो पब्जी ?

अचेलका युवा तथा किशोर-किशोरीहरुमाझ प्रिय बन्दै गएको भर्चुअल खेल हो, पब्जी । यो अनलाइनको माध्यमद्वारा मोबाइल तथा कम्प्युटरमा खेलिन्छ । यो खेल खेल्न थालेपछि खेल्ने मान्छेमा चाँडै नै यसको लत बस्छ । त्यसपछि उनीहरुले आफ्नो खानपिनसमेत भुल्छन्, अर्थात आफ्नो महत्वपूर्ण कामको पनि उनीहरुलाई वास्ता हुँदैन । जसले गर्दा उनीहरुमा विभिन्न मानसिक समस्या उत्पन्न हुन थाल्छन् ।

‘प्लेयर अननोन ब्याटलग्राउण्ड’ अर्थात छोटकरीमा पब्जी भनिने यो खेल व्यस्त दुनियाँमा सबैभन्दा बढी खेलिने अनलाइन खेल बन्दै गएको छ । समूहमा खेलिने यस खेलप्रतिको लोकप्रियताले बालबालिकाहरुमा गलत प्रभाव पार्दै आएको मनोचिकित्सकहरु बताउँछन् । मनोचिकित्सकहरुका अनुसार यो खेल खेल्नेहरुको मानसिक तथा शारीरिक विकासमा नकारात्मक असर पर्ने गरेको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया