खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूकी पत्नीले सरकारी रकमको दुरुपयोग गरेको स्विकारेकी छिन् ।
अब उनले १५ हजार डलर सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ । सारा नेतान्याहूमाथि प्रधानमन्त्री निवासमा भान्से नभएको बहाना देखाउँदै बाहिर खानामा ९९ हजार तीन सय डलर खर्च गरेको आरोप छ ।
गएको वर्ष प्रधानमन्त्री पत्नी साराविरुद्ध ठगी गरेको र विश्वास तोडेको आरोपमा मुद्दा दायर गरिएको थियो । तर साराका अधिवक्ताले भने यो मुद्दा उनीसँग सम्बन्धित नभएको र उनको पतिलाई नोक्सान पुर्याउने प्रयास भएको बताएका छन् ।
यरुशलम पोस्ट अनुसार, अब प्रधानमन्त्री नेतान्याहूकी पत्नीको आपराधिक रेकर्ड पनि भएको छ ।
सम्झौता अनुसार, अब सारा नेतान्याहूले १२ हजार चार सय ९० डलर सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ । उनीमाथि दुई हजार सात सय ७७ डलरको जरिवाना पनि लगाइएको छ ।
सारा नेतान्याहूले घरका प्रबन्धकले बाहिरबाट खाना मगाउने गरेको र अतिथिहरुलाई खुवाउने गरेको बताएकी छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।