च्याम्पियन्स ट्रफीमा इङ्गल्यान्डले दियाे दक्षिण अफ्रिकालाई १ सय ८...
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - यस वर्षको वसन्तयाममा सगरमाथा चढ्नेमध्ये नेपालपछि सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन् ।
कुल ६४४ जनाले सगरमाथाको सफल आरोहण गरेकामा ६१ जना भारतीय नागरिक रहेका पर्यटन विभागले जनाएको छ । यस याममा ७८ जना भारतीय नागरिकले सगरमाथा आरोहणका लागि अनुमती लिएका थिए ।
दोश्रोमा चिनिया नागरिक रहेका छन् । ५४ जना चिनिया नागरिकले सगरमाथा आरोहण गरेका विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि ६० जना चिनिया नागरिकले अनुमति लिएका थिए ।
त्यस्तै तेश्रोमा अमेरिकाका आरोही रहेका छन् । अमेरिकाका ७५ जनाले अनुमति लिएकोमा ४२ जनाले सफल आरोहण गरेका छन् । चौथोमा वेलायतका ४४ जनाले अनुमती लिएकोमा २९ जना शिखर चुम्न सफल भएका छन् ।
नेपालका भने आरोहण अनुमति लिएका १३ जना र आरोहण सहयोगीको रुपमा अनुमति लिएका ३ सय ६४ जना गरी ३ सय ७७ जना शिखरमा पुगेका छन् ।
यस याममा सगरमाथा चढ्नको लागि ३६८ विदेशी र १४ जना नेपालीले अनुमति लिएकोमा विभिन्न ४८ देशका २६७ जना विदेशी र १३ जना नेपालीले सगरमाथाको सफल आरोहण गरेका हुन् ।
यस्तै आरोहण अनुमति लिएका ६४२ जना आरोहण सहयोगीमध्ये २ महिलासहित ३६४ जना आरोहण सहयोगी शिखरमा पुगे । आरोहण सहयोगीका रुपमा नेपालीले मात्र अनुमति पाउँछन् । यस याममा ३७ वटा विदेशी समूह र ७ वटा नेपाली समूहले आरोहण अनुमति लिएका थिए ।
कुन देशका कति नागरिकले चढे त सगरमाथा विस्तृत विवरण । (पर्यटन विभागको विज्ञप्ति)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।