मकवानपुरमा बस दुर्घटना : एक जनाको मृत्यु, ३१ जना घाइते

 असार २, २०७६ सोमबार १०:४४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिर नजिक भएको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् ।

चितवनबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ४०१५ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा एक जनाको ज्यान गएको र ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरूको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भैरहेको छ । 
 

अन्तिम अपडेट: असार ३, २०७६

तपाईको प्रतिक्रिया