भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्नेतर्फ गम्भीर भूमिका निर्वाह गर्न गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद लक्ष्मणलाल कर्ण संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको हो । संसदीय समितिले दिएको निर्देशन संवैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौती दिने काम गरेको भन्दै उहाँले संसदका गरिमा, मर्यादा बचाउन अभिभावकको भूमिका निर्वाह गर्न सभामुखलाई आग्रह गर्नुभयो । समिति र संसदको अवहेलना र उपहास नहोस् भन्नेतर्फ सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा उहाँले आक्रोश पोख्नुभयो । संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउदै उहाँले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उल्लंघन गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, 'समितिको निर्देशन मान्दिनँ भनेर मन्त्रीले भन्ने ? मन्त्रीको जन्म यही संसदबाट भएको हो । मन्त्री आकाशबाट आएको होइन । मन्त्रीले बुझ्नुपर्छ । यो संसदले जन्माएको हो मन्त्री । लोकसेवा आयोगको अध्यक्षले भन्छ म मान्दिनँ ।'
सांसद कर्णले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितप्रति लक्षित गर्दै भन्नुभयाे, 'प्रवक्ताले भन्छन् म मान्दिनँ । अब कसको कुरा मान्ने त? संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र संसदलाई पनि नमान्ने हो भने यो देश कसले चलाइरहेको छ ? एकजना मन्त्री र एकजना लोक सेवा आयोगले चलाउन सक्छ यो देश ? विज्ञापनको विरोधमा आन्दोलन भइरहँदा कसैलाई चिन्ता नभए पनि हामीलाई चिन्ता छ । यही समानुपातिक समावेशीका लागि हामीले लडाइँ गर्या हो आन्दोलन गर्या हो ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।