महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिं...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – साझा विवेकशील पार्टीले सांसदलाई बजेट छुट्याउने कामलाई चरम बेइमानी, लोकतन्त्रको उपहास र राष्ट्रघातको संज्ञा दिएको छ ।
पार्टीका प्रवक्ता सूर्यराज आचार्यले सोमबार प्रेस विज्ञप्तिमार्फत सिण्डिकेटबाट आक्रान्त नेपाली समाजमा सांसदहरूलाई विकास बजेट छुट्याएर जुन ‘राजनीतिक सिण्डिकेट’ निर्माण गर्न खोजिएको बताउनु भएको छ ।
संघीय संसदका सांसदलाई प्रतिसांसद ६ करोड छुट्याइएको नीतिको अनुसरण गर्दै प्रदेश सरकारहरुले पनि आइतबार प्रस्तुत वार्षिक बजेटमा अरबौँ रूपैयाँ प्रदेश सांसदहरुलाई छुट्याएको भन्दै साझा विवेकशील पार्टीले कडा भर्त्सना गरेको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भौतिक विकासका लागि नीति, योजना र कार्यान्वयनका पक्षसँग जोडिने नयाँ कानुनको निर्माण या विद्यमान कानुनको परिमार्जनका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुन्छ । तर सांसदहरुलाई नै पूर्वाधार आयोजनाका लागि बजेट छुट्याउनु स्पष्ट रूपमा राज्यदोहन हो । यसले ‘योजनावद्ध विकास’ होइन गाउँ–गाउँ, पहाड–पहाडमा ‘डोजर विनास’ मात्र निम्त्याउँछ ।’
त्यस्तै साझा विवेकशील पार्टीले सांसदलाई बजेट छुट्याउने नीतिको प्रखर विरोध गर्ने सत्ताधारी र प्रतिपक्षका सांसदलाई पनि यो बजेट बहिस्कार गरी सुसंस्कृत राजनीतिको सन्देश दिन आग्रह गरेको छ ।
साझा पार्टीका प्रदेश नम्बर ३ की सांसद शोभा शाक्यले सांसदलाई छुट्याइएको बजेट अस्वीकार गर्ने सार्वजनिक रुपमै घोषणा गरिसक्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।