च्याम्पियन्स ट्रफीमा इङ्गल्यान्डले दियाे दक्षिण अफ्रिकालाई १ सय ८...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे काठमाण्डौ उपत्यकाका सांसदहरुसँग छलफल गर्न लाग्नुभएको छ ।
विधेयकबारे विवाद बढेपछि त्यसलाई समाधान गर्न प्रधानमन्त्री ओलीले पहल थाल्नुभएको हो । काठमाण्डौ उपत्यकाका नेकपाका सांसदहरुलाई प्रधानमन्त्री ओलीले सोमबार तीन बजे छलफलका लागि बोलाउनुभएको हो ।
साताव्यापी युरोप भ्रमण सकेर फर्कने क्रममा आइतबार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विधेयक सच्चाइने बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले सोमबार बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालसँग विधेयकका विवादित विषयका बारेमा जानकारी लिनुभएको थियो ।
उपत्यकाका सत्तारुढ दलकै सांसदहरुले विधेयक फिर्ता लिनुपर्ने भन्दै विरोधमा उत्रिएपछि प्रधानमन्त्रीले छलफलको प्रयास अघि बढाउनुभएको हो । विधेयकका बारेमा प्रधानमन्त्रीले छलफलका लागि बोलाउनुभएको सत्तारुढ दलका सांसद रामवीर मानन्धरले बताउनुभयो ।
सांसद मानन्धरले पत्रकार सम्मेलन गर्दै बुधबारअघि नै विधेयक सच्चाउने काम नभए बाध्य भएर सरकारकै विरोधमा उत्रने चेतावनी दिनुभएको थियो । प्रधानमन्त्रीसँगको छलफलबाट आजै निकास निस्कने विश्वास पनि उहाँले लिनुभएको छ ।
उपत्यकाको काठमाण्डौ, भक्तपुर र ललितपुरमा गरी नेकपाका १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।