च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता रकम लिन अनुरोध गरेको छ ।
तोकिएको समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावित लाभग्राही सूचीमा सूचीकृत भए पनि अनुदान सम्झौता गर्न आएका छैनन् ।
सोमबार अपराह्नसम्मको तथ्याङ्कअनुसार आठ लाख २६ हजार ३३३ लाभग्राहीमध्ये सात लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् । भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आ–आफ्नो वडा कार्यालयहरूमा सम्पर्क राख्नुपर्छ । अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीलाई असार मसान्तभित्र पहिलो किस्ताको अनुदान रु ५० हजार लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
अनुदान सम्झौता गरेका सात लाख ६६ हजार ३१७ मध्ये आजसम्म सात लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन् । असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम सूचीबाट हटाइने सहप्रवक्ता घिमिरेले बताउनुभयो ।
प्राधिकरणको मापदण्डअनुसार घरको जग हालेपछि लाभग्राहीले दोस्रो किस्ताको एक लाख ५० हजार रुपैयाँका लागि निवदेन दिन सक्छन् । लाभग्राहीलाई अनुदान सम्झौता गर्न तथा पहिलो किस्ता लिन स्थानीय तहले सहयोग गर्ने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।