भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो
फागुन १७, २०८१ शनिबार
भक्तपुर – भक्तपुर अस्पतालमा विभिन्न पेशागत मागहरु राखेर कर्मचारीले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गराएका छन् । भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ ।
अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टि बाँधेर ३५ जना कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन् । अस्पतालको मेडिकल सुपरिटेण्डन डा. सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेपछि ३५ जना कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा उत्रिएका कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै मंगलबारदेखि आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारेका हुन् ।
सरकारले अस्पताल विकास समिति खारेज गरेर मेडिकल सुपरिटेण्डनलाई अधिकार दिएपछि डा. देवकोटाले नियम विपरित यसअघिका विकास समितिले गरेको सम्पूर्ण निर्णयसमेत खारेज गरेको र समितिले नियुक्ति गरेको कर्मचारीको नियुक्तिसमेत खारेज गरेको सूचना टाँस गर्नुभएको आन्दोलनरत कर्मचारीहरूको संगठनका अध्यक्ष मदन द्यौलाले बताउनभयो ।
उहाँले यसअघि पाउँदै आएको सञ्चय कोष, महंगी भत्ता, बिदा र ग्रेडसमेत काटिएकोले सेवा सुविधा पुनः सुचारु गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बताउनुभयो ।अस्पतालमा गएको २२ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई निष्कासन गर्ने नियतले सेवा, सुविधा कटौती गर्दै गएको र ठेक्काबाट करारमा रहेका १३ जना कर्मचारीलाई साउनदेखि नियुक्ती नविकरण नगर्ने भएकाले उनीहरुको पुनर्बाहलीको समेत माग गरेको उहाँले बताउनुभयो ।
मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयमा विकास समिति, करार, ठेक्काका कर्मचारीले अनधिकृत रूपमा सञ्चय कोष, महंगी भत्ता, बिदा र ग्रेड पाइरहेको भनी पत्राचार गरेपछि मन्त्रालयले त्यस्ता सुविधा रोक्न पत्राचार गरेको थियो ।
आन्दोलनका बारेमा विकास समितिका अध्यक्ष मिलन सुवालले भने वार्ता कमिटी बनाएको बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. देवकोटाले भन्नुभयो– ‘मैले गर्नुपर्ने सबै माग पूरा गरिसके, अब मन्त्रालयले पूरा गर्ने माग मात्रै बाँकी छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।