महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिं...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ - नेपालमा आन्दोलन वा प्रदर्शन भन्नेबित्तिकै के सम्झनहुन्छ ? तोडफोड, बन्द, आगजनी, ढुङ्गा हानाहान । प्रदर्शनका क्रममा एम्बुलेन्सले बाटो नपाउँदा बिरामीको ज्यान बाटोमै गएका समाचार पढेका सुनेका छौँ हामीले ।
कतिपय घटनामा चालक गाडीमै भएको अवस्थामा समेत आगजनी गरिएको छ ।
साइरन बजाएर आएका एम्बुलेन्सलाई प्राथमिकता दिएर बाटो छाड्दा बिरामीको ज्यान त जोगिन्छ । सन्देश पनि गतिलै जान्छ ।
गुठी विधेयकको विरोधमा उत्रिएका उपत्यकावासीले एम्बुलेन्सलाई बाटो दिएको भिडियो यति बेला चर्चामा छ । बुधबार माइतीघरमा भएको प्रदर्शनमा प्रदर्शन गर्न लायक धेरै कुराहरु थिए । गायक योगेश्वर अमात्यले प्रहरीलाई फूल बाँडेको देखि प्रदर्शनकारीले फोहोर उठाएकासम्मका घटनाको चर्चा भैरहेको छ ।
केही दिनअघि हङकङमा सुपुदर्गी विधेयकको विरोधमा सडकमा लाखौँ मानिस ओर्लँदा पनि एम्बुलेन्सले सहज रुपमा बाटो पाएको थियो । त्यस घटनालाई विश्वभरमा सञ्चार माध्यमले प्रशंसा गरेका थिए ।
भारतमा पनि विभिन्न आन्दोलनका क्रममा एम्बुलेन्सलाई बाटो दिएका भिडियो बेला बखत देखिन्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Lokendra
June 20, 2019, 8:34 a.m.अति नै सराहनिय यो कार्य को म खुलेर अन्तर आत्मा देखी नै प्रशंसा गर्दछु । हरेक नेपाली ले सिक्नु पर्ने र हरेक राज्नितिक पार्टिले गर्नु पर्ने कार्य हो । फोहर मैला ब्यबस्थापन देखी प्रहरी लाई पानी फूल ले पनी धेरै सौहाद्रता पूर्ण व्यबहार देखायो । जसले यो आन्दोलन र बिरोधको चौतर्फी राम्रो पन देखियो । आन्दोलन का सम्योजक र ब्यवस्थापन कर्तालाई सलाम
Dilip sapkota
June 20, 2019, 6:29 a.m.एकदम राम्रो , देश राम्रो हुँदैछ , अब नेपालीहरुको सोच नै बदलियो /