नेपालीका लागि भारत आवत-जावत गर्न सहज वातावरण बनाइन्छ : मुख्यमन्त्री योगी

 असार ५, २०७६ बिहिबार १२:२३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

लखनउ, भारत – भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सुख र समृद्धिमा भारतको सधैँ साथ रहने बताउनु भएको छ । 

नेपाल फाउण्डेसनको संयोजनमा मुख्यमन्त्री निवासमा बुधबार साँझ भएको नेपाली पत्रकारहरुसँगको भेटमा उहाँले नेपालको  समृद्धि भए भारतसमेत सन्तुष्ट हुने बताउनुभयो ।

मुख्यमन्त्री योगीले नेपालीका लागि भारत आवत–जावत गर्ने वातावरण तथा भन्सारको झन्झटलाई अझै सहज बनाउनेतर्फ आफूले भारतको केन्द्र सरकारसँग आग्रह गरेको समेत बताउनुभयो । उहाँले भारतीय पर्यटकलाई नेपाल लैजानेतर्फ आफू लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले केही व्यक्तिहरुले नेपाल–भारत खुला सिमानाको फाइदा उठाउन भने खोजेको बताउँदै त्यसतर्फ भने दुवै पक्ष सजग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘लागू औषध र अवैध मुद्रा ओसारपसार तथा आपराधिक क्रियाकलाप गर्नेहरु सीमा क्षेत्रमा सक्रिय छन्, त्यतातर्फ दुवै मुलुकले निगरानी गर्नु पर्छ ।’

नेपालीको स्वाभिमान विश्वमा नै उच्च रहेको, नेपाल एक स्वाधिन र सम्प्रभुत्ता सम्पन्न मुलुक भएको भन्दै उहाँले प्रशंसासमेत गर्नुभयो । यस्तै नेपालीको धर्म संस्कृतिसमेत वैश्विक पहिचान भएको उहाँले बताउनुभयो ।

उहाँले नेपालको पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्न भारतको दक्षिणतर्फका नागरिकसमेत हप्ता दिन लगाएर भए पनि नेपाल जाने गरेको आफूलाई जानकारीमा आएको बताउँदै धार्मिक पर्यटनमा विश्वलाई नेपालले तान्न सक्नु पर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री योगीले छिट्टै भारतको गोरखपुरबाट नेपालका लागि बस सेवा सञ्चालनको तयारी भएकोसमेत जानकारी दिनुभयो । भेटमा नेपाली पत्रकारले नेपाल–भारत सम्बन्धबारे जिज्ञासा राखेका थिए ।

फाउण्डेसनका संयोजक विकास ठाकुरले नेपाल भारतको धार्मिक र सांस्कृतिक पर्यटनमा साझेदारीको आवश्यकता रहेको औँल्याउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया