भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – काठमाडणै महानगरपालिकाले महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकको मर्मतसम्भारका लागि ‘स्पेशल टास्क फोर्स’ गठन गर्ने भएको छ ।
काठमाण्डौको सडकको उचित व्यवस्थापन गर्न चौतर्फी दबाब आइरहेका बेला महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडकको मर्मत सम्भारका लागि ‘स्पेशल टास्क फोर्स’ निर्माण गरी परिचालन गर्ने नीति सार्वजनिक गरेको हो । बिहीबार काठमाण्डौ महानगरपालिकाको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर विद्यासुन्दर शाक्यले आगामी वर्षदेखि विद्युतीय बस सेवा सञ्चालनमा ल्याउने घोषणा पनि गर्नुभयो ।
‘वायु मण्डलको स्वच्छता र जनस्वास्थ्यलाई ध्यानमा राखी विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने’ पनि काठमाण्डौ महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । मेयर शाक्यले शहरी यातायात व्यवस्थापन नीति अन्तरगत काठमाण्डौको सम्भाव्यता देखिएका स्थानहरुको पहिचान गरी साइकल लेन बनाउने नीति पनि अघि सारिएको बताउनुभयो ।
महानगरपालिकाले ‘सम्पदा संरक्षण तथा सम्वद्र्धन र पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास’लाई जोड दिएर ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा काठमाण्डौभित्रको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन गर्न ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालय तथा नेपाल पर्यटन बोर्डसँग साझेदारी कार्यक्रम संचालन गर्ने पनि समावेश गरिएको छ ।
मेयर शाक्यले आगामी आर्थिक वर्षभित्र काठमाण्डौमा पर्यटन प्रवर्द्धनका लागि विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास हुने गरी विशेष कार्यको थालनी गर्ने पनि बताउनुभयो ।
नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरुको सम्मानका लागि ‘मनमोहन ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम तथा प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुको योगदानलाई सम्मान गर्न ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’ कार्यक्रम सञ्चालन गर्ने पनि पनि उल्लेख गरिएको छ । मेयर शाक्यले प्रधानमन्त्रीको रुपमा मनमोहन अधिकारीले ज्येष्ठ नागरिकहरुलाई गर्नु भएको सम्मान र प्रजातन्त्रका लागि सिंहले पुर्याउनु भएको योगदानको उचित कदर गर्दै त्यो सम्मान कार्यक्रम पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रममा काठमाण्डौमा उज्यालोको अभाव हुन नदिन ‘मेयर उज्यालो’ कार्यक्रम पनि राखिएको छ । त्यसैगरी सूचना तथा सञ्चार नीति अन्तरगत निःशुल्क वाईफाई सेवा सञ्चालनको कामलाई विस्तार गर्ने, काठमाण्डौ महानगरपालिकाको आफ्नै लगानीमा मेट्रो टेलिभिजन स्थापना गरी सञ्चालन ल्याउने कार्यक्रम पनि तय गरिएको छ ।
मेयर शाक्यले महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएमलाई प्रभावकारी बनाउने नीति तय गरिएको पनि बताउनुभयो । काठमाण्डौलाई प्रदुषणमुक्त बनाउन फोहोर पानीलाई प्रशोधन गर्न उचित व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।