२४ करोड ८० लाख रुपैयाँ हिनामिना : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक कर्णसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 असार ५, २०७६ बिहीबार १८:५८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – २४ करोड ८० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गरेको झुटो विवरण पेस गरेर रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक कर्णसहित १३ जनालाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

अख्तियारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव गणेशप्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल र उपकरण आपूर्तीकर्ता वेल इक्युपमेन्ट प्रालिका प्रविण कुँवरविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

१३ जनालाई प्रतिव्यक्ति ४ करोड रुपैयाँ देखि १२ करोड रुपैयाँसम्म बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ । 


 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया