च्याम्पियन्स ट्रफीमा इङ्गल्यान्डले दियाे दक्षिण अफ्रिकालाई १ सय ८...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – विश्व योग दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाइन्छ । यस वर्षको विश्व योग दिवस ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेको छ । योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ ।
व्यक्तिगत शान्ति र स्वास्थ्यबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने योग गुरुले बताएका छन् । चित्त वृत्तिको निरोध नै योग हो भनेर पतञ्जलिले भनेका छन् । योगले चित्त र वृत्तिलाई ठिक बाटोमा डोर्याउने योग गुरुहरु बताउँछन् ।
विश्व योग दिवस अन्तर्राष्ट्रिय योग दिवसका नामले पनि चिनिन्छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको हो ।
विशेषगरी भारतमा योगा दिवस धुमधामका साथ मनाइँदै आएको छ । पछिल्लो समय मानिसहरु निकै तनावपूर्ण वातावरणमा बाँचिरहेको अवस्थामा योगले त्यसलाई कम गर्न सहयोग गरेको छ ।
झारखण्डको राँचीमा आयोजित विश्व योग दिवसको विशेष कार्यक्रममा सहभागी हुँदै भारतीय प्रधानमन्त्री मोदीले योग गरिबहरुको स्वास्थ्यका लागि महत्वपूर्ण भएको बताएका छन् । साथै उनले औषधि मात्रै सबै रोगको उपचार नभएको बताउँदै योगले मानिसलाई स्वस्थ र अनुशासित बनाउन सहयोग गर्ने बताए ।
योगका फाइदा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।