महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिं...
फागुन १७, २०८१ शनिबार
रसुवा – रसुवागढीको सुरुङमा थुनिएका १७ जना मजदुरलाई सकुशल बाहिर निकालिएको छ ।
बिहीबार राति पहिरोले सुरुङको मुख थसनएपछि भित्रै फसेका ११ जना नेपालीसहित ६ जना चिनियाँ मजदुरलाई सकुशल बाहिर निकालिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो ।
हिजो बेलुकी ८ बजेतिर पहिरो गएलगत्तै निर्माणधीन रसुवागढी जलविद्युत आयोजनको सुरुङको प्रवेशद्वार खुलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । सुरुङभित्र रहेका १७ जना मजदुरको स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मजदुरको स्वास्थ्य जाँच गर्न आयोजनास्थलमा डाक्टरको टोली छ । गोसाइँकुण्ड गाउँपालिका २ तातोपानी क्षेत्रबाट झण्डै सय मिटर माथि यो परियोजना बनिरहेको छ । रसुवागढी नजिकै १११ मेगावाटको जलविद्युत आयोजना बनिरहेको हो ।
भूकम्पीय जोखिमयुक्त भएकाले पनि त्यहाँ पहिरोको सम्भावना धेरै रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।