काठमाण्डौ उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द

 असार ६, २०७६ शुक्रबार ९:४०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण काठमाण्डौ उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द भएका छन् । 

 आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै अनेरास्ववियु क्रान्तिकारीले शुक्रबार काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा शैक्षिक हड्ताल आह्वान गरेको हो ।

शैक्षिक हड्तालका कारण यी जिल्लाका सबैजसो निजी विद्यालय र क्याम्पस बन्द भएका छन् । बन्दका कारण लाखौँ विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया