अस्वस्थ मानसिकताबाट बच्न नियमित याेग र ध्यान गराैँ : प्रधानमन्त्री ओली

 असार ६, २०७६ शुक्रबार १४:१३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नुपर्ने बताउनुभयो । 

‘योगको अभ्यास भाषा र लिपी सुरु हुनुभन्दा धेरै अघिबाट सुरु भएको हो,' प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।' उहाँले नेपालमा योगको अभ्यास परम्परागत कालदेखि हुँदै आएका प्रमाणहरु धेरै भेटिएको बताउनुभयो ।

‘हामीले पाँच/छ हजार वर्ष पहिलेका मूर्तिहरु हेर्‍याैं भने पनि योगका विभिन्न आशनहरु देखिन्छन्,' उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले लोभ, मोह र क्रोधबाट मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने धारणा राख्नुभयो । 

उहाँले देशलाई आवेश उत्तेजनातिर लैजान खोजिएको र त्यस्ता प्रयासलाई निस्तेज गरेर सरकार अघि बढ्ने बताउनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया