नक्कली एटीएम कार्ड प्रयोग गरेर लाखाैँ चाेर्ने गिरोहका एक सदस्य पक्राउ

 असार ६, २०७६ शुक्रबार १८:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नक्कली एटीएम कार्डकाे प्रयोग गरेर २० लाख रुपैयाँभन्दा बढी रकम चाेरी गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन् । 

बारा पिपरपानी-७ घर भएर काठमाण्डौ महानगरपालिका ३१ शंखमुल बस्ने ३३ वर्षीय राजु कुमार पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार फक्राउ गरेको हो । 

पक्राउ परेका पाण्डेले तीन जना रोमानियाका नागरिकहरुसँग मिलेर राष्ट्रिय वाणिज्य बैंकको काठमाण्डौ उपत्यकाको विभिन्न एटीएम बुथबाट नक्कली एटीएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने गरेकाे पाइएकाे छ । 

पाण्डेसँगै घटनामा संलग्न भएका तीन जना रोमानियाका नागरिकहरुले भने नेपाल छोडिसकेको बताइएको छ । एटीएम कार्ड ठगीमा ब्यूरोले हालसम्म ६ नेपाली, ४ रोमानियाका, ४ टर्कीका, ४ बुल्गेरियाका, २ भारतीय र ४ माल्दिभ्सका गरी २४ जनालाई पक्राउ गरिसकेको छ ।                                                          
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया